डडेल्धुरा — “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याइएको “Victim Re-visit Program” लाई निरन्तरता दिँदै २ दिन जिल्ला प्रहरी कार्यालय डडेल्धुराले विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) सुगन्ध श्रेष्ठको उपस्थितमा अमरगढी नगरपालिका–७ र ८ का क्षेत्रका फौजदारी घटनाका पीडितहरूसँग प्रत्यक्ष संवाद गर्नुभएको छ ।

कार्यक्रममा ६ जना पीडित र उनीहरूका घरपरिवारका सदस्यहरूसँग भेटघाट गरी  पीडितका गुनासो सुन्ने र सम्बोधन गर्ने,प्रहरी र पीडितबीच मैत्रीपूर्ण वातावरण सृजना गर्ने,पीडितको संवैधानिक, कानूनी हक–अधिकारबारे जानकारी गराउने,प्रहरीमाथि विश्वास र सकारात्मक धारणा निर्माण गर्ने, पीडितमाथि राज्यसंस्था (प्रहरी) को उत्तरदायित्वलाई व्यवहारमा उतार्ने कार्य भएको डिएसपी श्रेष्ठले जानकारि दिनु भयो ।

कार्यक्रमको क्रममा पीडितहरूले आफूले भोगेका समस्याहरू खुलेर प्रस्तुत गर्ने अवसर पाए। प्रहरी प्रमुख श्रेष्ठ ज्यूले प्रत्येक पीडितका कुराहरू सुन्नुका साथै तत्काल सम्बोधन गर्न सकिने विषयमा निर्देशन दिनुभयो र दीर्घकालीन सुधारका लागि आवश्यक कदमहरू चालिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त कार्यक्रमले प्रहरीले पीडितप्रति देखाएको सहानुभूति र उत्तरदायित्वको गम्भीरता झल्काएको छ। साथै, प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउन “Victim Re-visit Program” एउटा प्रभावकारी प्रयासका रूपमा देखिएको छ।

फोटो फिचर —

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय