
काठमाडौँ —समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामको सहकार्य तथा समन्वयमा, नेपाल नेत्र ज्योति संघ इलामको आयोजनामा र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा एकदिने निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी कर्मचारी तथा तिनका परिवार सदस्यहरूलाई लक्षित गरी आयोजित उक्त शिविरको निरीक्षण भ्रमणका क्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) राजन अधिकारी स्वयं उपस्थित भई आँखा परीक्षण गराई कार्यक्रमको शुभारम्भ तथा उद्घाटन गर्नुभएको थियो।

शिविरमा कुल ९६ जना (७८ पुरुष र १८ महिला) प्रहरी कर्मचारीहरूले आँखासम्बन्धी सेवा लिएका छन्।
उक्त कार्यक्रमले प्रहरी कर्मचारीहरूको स्वास्थ्यप्रति संवेदनशीलता दर्शाउनुका साथै समुदाय–प्रहरी सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको जिल्ला प्रहरी कार्यालय इलामका एसपी एकनारायण कोईरालाले जानकारी दिनु भयो।





