काठमाण्डौं — इलाका प्रहरी कार्यालय रन्यौरा र बुटवल उप-महानगरपालिका वडा नं. १५ को संयुक्त आयोजनामा वडास्तरीय “मनोरोग तथा आत्महत्या न्यूनीकरणसम्बन्धी चेतनामूलक कार्यक्रम” सेमलारस्थित श्री नवरत्न माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

कार्यक्रममा वडाध्यक्षसहित वडा प्रतिनिधिहरू, प्रहरी कर्मचारी, विद्यालयका शिक्षक–शिक्षिका, पत्रकार, समाजसेवी, टोल विकास संस्था, आमा समूहका सदस्य, महिला सञ्जालका प्रतिनिधिहरू तथा विद्यार्थीहरू गरी २०० भन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरीक्षक आदित्य राज विष्ट र मनोरोग विशेषज्ञ डा. बिक्रम काफ्लेले मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरणसम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

साथै, बुटवल नाट्य समूहद्वारा आत्महत्या न्यूनीकरण विषयमा आधारित सन्देशमूलक नाटक प्रस्तुत गरिँदा उपस्थित सहभागीहरू निकै प्रभावित देखिएका थिए।

आयोजक संस्थाहरूका अनुसार, उक्त कार्यक्रमले समाजमा आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय