काठमाण्डौं—  प्रजातन्त्र दिवसको उपलक्ष्यमा दाङ महिला जेसीजले आफ्नो सचिवालयमा दीप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता दाङ महिला जेसीजकी अध्यक्ष जेसी अनिता ढकालज्यूले गर्नुभएको थियो भने पूर्व अध्यक्ष जेसी सुसीला पौडेलज्यू प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिज्यूले दीप प्रज्वलन गरी गर्नुभएको थियो। सहसचिव जेसी तुलसी चपाई (तृषा) ज्यूको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आस्थापाठको अगुवाइ उपाध्यक्ष जेसी दिपा पुनज्यूले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन महासचिव जेसी भिमा डिसी ज्यूले गर्नुभएको थियो भने पूर्व अध्यक्ष जेसी निरजा पोख्रेलज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय