काठमाडौँ — “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरणमा हामी साथ” भन्ने मूल नारासहित दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२ अन्तर्गत ट्राफिक प्रहरी प्रभाग, सुकेधाराद्वारा चालक, सहचालक, विद्यार्थी तथा स्थानीय समुदायलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रममा “गति सीमित गर्नुहोस्, जीवन बचाउनुहोस्” भन्ने सन्देशसहित सडक सुरक्षाका आधारभूत नियम, ट्राफिक संकेतहरूको पालना, सुरक्षित यात्राको महत्त्व तथा सवारी दुर्घटनाबाट बच्ने उपायबारे सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो।

यसै क्रममा ट्राफिक प्रहरी प्रभाग, सुकेधाराले विभिन्न ३०० भन्दा बढी  बिध्यार्थी , चालक, सहचालक, विद्यार्थी तथा स्थानीय समुदायलाई नवदुर्गा पाटी प्यालेसमा ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा सञ्चालन गरेको हो। बालबालिकामा सानै उमेरदेखि सडक अनुशासन, सुरक्षित आवागमन र जिम्मेवार नागरिकताको संस्कार विकास गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले यस्ता सचेतनामूलक कार्यक्रमहरूले नागरिकमा जिम्मेवार सडक व्यवहारको विकास भई सवारी दुर्घटना न्यूनीकरणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय