काठमाडौं । जेनजी आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल पुनः उच्च बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले फरक ढंगको अभियान सञ्चालन गरेका छन्।

उनको नेतृत्वमा आज ‘रिफ्रेसमेन्ट डे’ कार्यक्रम अन्तर्गत बानेश्वरस्थित आइपीएस महलमा करिब ६५ जना ट्राफिक प्रहरी कर्मचारीलाई ‘जेरी वन टप’ फिल्म हेर्ने अवसर प्रदान गरिएको हो।

उपत्यका ट्राफिक कार्यालय रामशाहपथमा कार्यरत प्रहरी कर्मचारी लक्ष्मण विश्वकर्माका अनुसार निरन्तर तनाव, धपेडी र विभिन्न दबाबबीच काम गर्नुपर्ने ट्राफिक प्रहरीका लागि यस्तो मनोरञ्जनात्मक क्रियाकलाप अत्यावश्यक रहेको बताए।

साथै “प्रहरी कर्मचारीहरू निरन्तर सडकमा खटिँदा मानसिक रूपमा थकाइ र तनाव महसुस गर्छन्। यस्तो मनोरञ्जनात्मक गतिविधिले उनीहरूको मनोबल बढाउँछ र कामप्रतिको ऊर्जा पुनः जगाउँछ,” एसएसपी अधिकारीले बताए।

उनका अनुसार आगामी दिनमा पनि यस्ता ‘रिफ्रेसमेन्ट डे’ कार्यक्रमलाई निरन्तरता दिइनेछ, जसले संगठनभित्र सकारात्मक सोच, सहकार्य र आत्मविश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय