काठमाडौं । नेपाली कांग्रेसका नेता र सांसद राजेन्द्र बजगाईंले पूर्वमहामन्त्री डा. शशांक कोइरालामाथि घुस लिएको आरोप लगाएका छन्। बजगाईंका अनुसार, कोइरालाले ३ वटा गाडी, सुनको रोलेक्स घडी र २ झोला नगद घुसको रूपमा लिएका थिए। बजगाईंले यसबारे सार्वजनिक रूपमा टिप्पणी गर्दै भनेका छन् कि कोइरालाले राजनीतिक नियुक्तिका लागि यी वस्तुहरू लिएका हुन्।

बजगाईंले सामाजिक सञ्जालमा लेखेका छन्, “म चाहँदैनथेँ कि मलाई दुईवटा महिन्द्राजस्ता एसयूभी, रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, घरको जीर्णोद्धार वा राजनीतिक पदको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस्। तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ।

गृहमन्त्री रमेश लेखकको विवादमा मुछिएपछि बजगाईंसहित अन्य नेताहरुले छानबिनको माग गरेका थिए। तर, यस विषयमा डा. शशांक कोइरालाले पार्टी बैठकमा राजीनामा माग्ने नेतामाथि स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव राखेका थिए। यसप्रति आक्रोशित बनेका बजगाईंले कोइरालासँग सम्बन्धित नयाँ खुलासा गरेका हुन्। बजगाईंको खुलासासँगै पार्टीभित्रको विवाद अझ जटिल बनिरहेको छ।

उनले लेखेको स्टाटस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय