
काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्ने भएका छन्।
संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ, र अधिवेशन प्रारम्भ हुनुअघि लामिछाने सभामुखसँग भेट गर्न लागेका हुन्। रास्वपाकी कार्यवहाक प्रवक्ता प्रतिभा रावलका अनुसार, “सभापतिज्यूले सभामुखसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। संसद् सुरु हुनु अगावै भेट गर्ने तयारी छ।”

भेटमा लामिछानेले आफूमाथि लगाइएको निलम्बन र समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्ने बताइएको छ।
पोखराको सुर्यदर्शन सहकारी प्रकरणमा अदालतमा मुद्दा दर्ता भएसँगै लामिछाने सांसद पदबाट निलम्बित भएका थिए।



