सुरक्षा सरोकार  । नेकपा एमालेको ११औँ महाधिवेशनमा महिला खुला तर्फ केन्द्रीय सदस्य पदकी उम्मेदवार अधिवक्ता राधिका खतिवडाको जित लगभग सुनिश्चित जस्तै देखिएको छ। “गरिबकी वकिल”का रूपमा परिचित खतिवडा अध्यक्ष केपी शर्मा ओली प्यानलबाट उम्मेदवार बनेकी हुन्।

पार्टी संगठनभित्र मात्र होइन, विभिन्न धारका युवा तथा महिला नेताहरूले समेत खतिवडालाई योग्य, सक्षम र भरोसायोग्य उम्मेदवारका रूपमा लिएका छन्। लामो समयदेखि कानुनी क्षेत्रमा सक्रिय रहँदै सामाजिक न्याय, महिला अधिकार तथा कमजोर वर्गको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी उनको भूमिकाले व्यापक समर्थन जुटाएको नेताहरूको भनाइ छ।

खतिवडाको स्पष्ट धारणा, निडर अभिव्यक्ति र व्यवहारिक नेतृत्व क्षमताका कारण विशेषगरी युवा र महिलाबीच उनको लोकप्रियता उल्लेखनीय रहेको देखिन्छ। नेताहरूका अनुसार उनको समर्थन केवल प्यानलको आधारमा मात्र सीमित छैन, बरु व्यक्तिगत संघर्ष, योगदान र स्थापित पहिचानका कारण सबै धारका प्रतिनिधिहरूले उनलाई साझा उम्मेदवारका रूपमा स्वीकार गरेका छन्।

विद्यार्थी राजनीतिबाट उदाएकी राधिका खतिवडा अनेरास्ववियुको पूर्व केन्द्रीय सचिव भईसकेकी नेता समेत हुन्।

महिला नेतृत्वलाई सशक्त बनाउने, पार्टीभित्र समावेशिता प्रवर्द्धन गर्ने तथा सामाजिक न्यायका मुद्दालाई संस्थागत रूपमा अघि बढाउने सवालमा खतिवडाको भूमिका प्रभावकारी हुने अपेक्षा गरिएको छ। यही पृष्ठभूमिमा महिला खुला केन्द्रीय सदस्यमा अधिवक्ता राधिका खतिवडाको जित लगभग सुनिश्चित मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय