
अलपत्र छ जीवन, किन यस्तो भयो?
सपना सजाएका सबै भताभुंग किन भयो?

आसाका फूलहरू झरेका छन् सबै,
ओइलिएको मनले सान्त्वना खोज्दै।
हिजोको उज्यालो आज अँध्यारो किन?
सम्झनाहरूमा मात्र रङ्गिन संसार किन?
लक्ष्यहरू टाढा, बाटाहरू बन्द,
समयको खेलमा मन छ अल्मलिएको।
सधैं आशाका दियो बल्थे मनभित्र,
आज त्यो पनि निभ्न खोज्दैछ अध्यारो भित्र।
के यो यात्रा रोकिएला यहीं?
कि फेरि उदाउँछ नयाँ बिहानी?
बादल फाट्ला, घाम झुल्किएला,
बिस्मातको बादल हटेर नयाँ उज्यालो आउला।
जीवन अलपत्र छैन, यात्रा बाँकी छ,
सपना मर्छन् कि, पुनः जाग्छन्— यही प्रश्न बाँकी छ!



