नाम कमाउने रहरले हरपल भुलिन्छ,

साँचो मन राख्न किन कोही खोलिदैन?

झूटै बोल्दा चर्चा पाइन्छ यहाँ,

तर सत्य बोल्न कोही किन बोलिदैन?

क्षणिक खुशीमा रमाउँछ यो मन,

तर असल बन्न कहिल्यै किन खोजिदैन?

रूपको पर्दा लगाई हिँड्छन् सबै,

तर मनको सुन्दरता किन खोलिदैन?

भाईरल बन्न दौडिन्छ मान्छे यहाँ,

तर असल कर्मको बाटो किन रोजिदैन?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय