
सानै थिएँ, बुवाको सम्झना छ अझै,
सानो हात समाई हिँड्नुहुन्थ्यो मलाई।
एकाएक गुमाएँ, टुहुरो भएँ,
बुवाको अभावले मन भारी बन्छ।
आँसु पुछ्दै हुर्किएँ सङ्घर्षका बाटा,
जीवनले सिकायो आत्मबलका कुरा।
बुवाको सपना आँखामा सजाएँ,
देशको रक्षा नै मेरो धर्म बनाएँ।

प्रहरीको पोशाकमा गर्व छ मलाई,
निद्रा छोडी जाग्राम बस्छु रातभरि।
अपराध रोक्न दौडन्छु हरपल,
शान्ति सुरक्षाको अठोट छ गहिरो।



