सून्य आकाशमा जूनको आभास,

मनमा सधैं आशाको सुवास।

बगिरहेको समयको खोलामा,

धैर्यका पुलहरू जोडिएका छ पालामा।

छायाँजस्तै लाग्ने ती दिनका घडी,

झट्ट लाग्ला— यो यात्रा किन कडी?

तर थाहा छ, खेर जाँदैन प्रयास,

पर्खाईले दिनेछ सुन्दर प्रकाश।

त्यो पल, जसले सपनालाई सजाउँछ,

दुःखका दिनलाई मिठो स्मृति बनाउँछ।

जीवनको रीत, यही छ सरल,

पर्खाईले साँच्चै दिन्छ मिठो फल।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय