तिमी पूर्व हेर्यौ,

म पश्चिम।

तिमी सपनाको शहर खोज्यौ,

म गाउँकै बत्तीमा रमाएँ।

तिमी आगोको झिल्को बन्यौ,

म धुवाँको मुस्लो।

हाम्रो विचार मिलेन।

तिमीले उज्यालो खोज्यौ,

म त रातको शान्ति।

तिमीले सगरमाथा चढ्ने रहर गरेउ,

म तल घाटीमा बस्न चाहन्थेँ।

तिमीले शब्दहरू जस्तै कडा बन्यौ,

म भावनाहरूमा तैरिरहेँ।

हाम्रो विचार मिलेन।

तिमीले जित्न सिक्यौ,

म हार स्वीकार्दै हिँडिरहेँ।

तिमी दौड्यौ,

म बाटोमा फुल टिप्दै बसेँ।

तिमीले जिन्दगीका तथ्य खोज्यौ,

म कल्पनाको पर्खाल रंगाउँदै थिएँ।

तर के हाम्रो विचार मिल्नु जरुरी छ?

किनकि,

तिमी आकाश, म धर्ती।

तिमी क्षितिज, म नदी।

सङ्घर्षका फरक फरक कथा भए पनि,

हाम्रो मनको सम्बोधन एउटै छ।

विचार मिलेन भने पनि,

हाम्रो माया त उस्तै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय