✍️ दीपक राज जोशी—
समय छ त संसार छ, समय छ त प्रगति,

समयले नै लेख्छ जीवनको गति।
घडीका ती सुइहरू, कहिल्यै नअलमलिने,
हरक्षण हामीलाई सिकाउँछन् चलिरहने।
समयले दिन्छ घाउ, समयले नै मल्हम,
सन्तुलनको सूत्र हो, यो अद्भुत संगम।
हासो, आँसु, सम्झना र सपना,
सबै समयकै खेल, कहिल्यै नथक्ने यन्त्रणा।
समयलाई माया गर, खेर नफाल,
यसैसँग छ रेखा तिम्रो भाग्यको चाल।
समय त मूल्यवान, जीवनको धरोहर,
यसको सम्मान गर, बन भविष्य उज्यालो स्वर।



