१. पलपल जिउनु भन्दा पनि कुनै त्यो पलमा जिएर देखाउनुहोस जब मलम नपाईने घाउमा हजारौ चोटहरू लागीदिन्छन ।

२. हजारौ ठक्कर खाएर पनि सुनौलो रूप जसले फेर्न सक्छ त्यही वस्तु अनमोल बन्छ ।

३. कुनै यस्तो पलको सिर्जना गर्नुहोस कि जुन पलमा हजारौ दुख र पिडाहरू मेटिउन् ।

४. जब तपाईको सोच एउटा सामान्य मान्छे भन्दा फरक हुन्छ तब सम्झिनु कि तपाई यो संसारमा अमुल्य भएर जन्मिनु भएको छ ।

५. अरूको लागी जिउन चाहनेलाई अरूले पनि मर्न दिदैनन् ।

६. केही राम्रो कुराको शुरूवात मात्रै गर तपाईलाई साथ दिन हजारौं मान्छेहरू भेटिनेछन ।

७. तपाइलाई पछाडी धकेल्ने अरु कोहि होइन तपाईको विचार हो ।

८. मानिस स्वतन्त्ररुपमा जन्मे तापनि ऊ आफूलाई चारैतिरबाट बन्धनले घेरिएको महसुस गर्दछ ।

९. जब तिमीले आफ्ना नकारात्मक विचारहरुलाई सकारात्मक विचारले प्रतिस्थापन गर्छौ, तब सकारात्मक नतिजाहरु हात पार्न थाल्छ।

१०. तिमीले पहिले जे गरिसकेको छौ, त्यही मात्र गरिरह्यौ भने, तिमीले जे पाएका छौ, त्यही मात्र पाइरहने छौ।

११. दुःखको एकक्षण पनि युग बराबर हुन्छ।

१२. तिमी हाँस्दा संसार हाँस्छ तर रुनु एक्लै पर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय