
✍️ प्रेक्षा धामी
प्रिय बा,
तिमी कति साहसी छौ है ?
जिम्मेवारीले थिचिएका , दायित्वले पिल्सिएका तिम्रा काधहरू कहिल्यै थाकेनन् है ?
र पनि तिमी सगरमाथा झै अटल उभिएका छौ ,बर्षौ देखि , कसरी बा कसरी ?

दुख्खै दुख्खको झारपात हुर्किएको खाडलमा पनि तिम्रो मुस्कान फूल बनेर फूलीदिन्छ
तिमीलाई थाह छ बा ?
यदि अामा घरको जग हो भने,
तिमी घरको छानो हौ
जसले
-अभावको घाम छेक्छ
-दुखको छाया हटाउँछ ,
– बेमौसमको पानी छेक्च ,
-पिर व्यथाको हिउँ पगाल्छ,
-भोकमरीको असिना र हावा छेक्छ
यदि आमा पृथ्वी हो मान्छौ भने
बा तिमी आकाश हो
तिमी अर्को पृथ्वी हो
तिम्रो उदारता त आकाश भन्दा चौडा
धरतीभन्दा फराकिलो जो छ
कसोरी सक्छु म वर्णन गर्न तिमीलाई ?
घरका सदस्यहरूमा
-कसलाई के मन पर्छ , थाहा छ तिमीलाई
– कसलाई के चाहिन्छ, थाहा छ तिमीलाई
– कसको ईच्छा के हो, थाहा छ तिमीलाई
तर
किन भनेनौ ,तिमीलाई के मन पर्छ ?
तिमीलाई के चाहिन्छ ?
तिम्रो ईच्छा के हो ?
ए मेरो प्रिय बा,
अरूको मिष्ठान्न भोजनका लागि
तिमीले कति छाक तिम्रो पेट भोकै राख्यौ ?
अरूको आँशु पुछिदिन तिमीले ,आफ्नो आँशु कति लुकायौ ?



