जनकपुरधाम । धनुषा जिल्लाको नेपाल–भारत सीमावर्ती क्षेत्र विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भीषण झडप भएको छ । भिडन्तका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सबैको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार बिहीबार साँझ करिब ७ बजेतिर तस्करीको समान आँपको बगैँचामा लुकाइएको सूचना प्राप्त भएपछि करिब ३० जना प्रहरीको टोली परिचालित गरिएको थियो । तर, प्रहरी टोली पुग्नासाथ तस्करको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढा प्रयोग गर्दै आक्रमण सुरु गरेको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै चार राउण्ड हवाई फायर समेत गर्नु परेको एसपी खड्काले जानकारी दिए । अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय