डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीका प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) डम्बर बहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा राउटे समुदायसँग कानुनी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम डडेल्धुराको परशुराम नगरपालिका–१२ आमपानीमा आयोजना गरिएको थियो। कार्यक्रममा राउटे समुदायका मुखिया तथा नेपाल राउटे विकास संघ डडेल्धुराका अध्यक्ष दान सिंह राउटेको विशेष सहभागिता रहेको थियो। साथै राउटे समुदायका महिला, पुरुष तथा बालबालिकाहरूको उपस्थिति रहेको थियो।

प्रहरीको नियमित काम कारवाही, ट्राफिक नियमको पालना, नागरिक सुरक्षासम्बन्धी कानुनी व्यवस्था लगायतका विषयमा जानकारी दिइएको उक्त कार्यक्रमले समुदाय र सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

साथै , जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी सुगन्ध श्रेष्ठक अनुसार  यस्ता सामुदायिक समन्वय र सहभागितामूलक कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय