काठमाडौं — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यबाट भइरहेको प्रहारलाई सैह्य गर्न नसकिने बताएका छन्।

पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

फेसबुकमा लेख्दै उनले भनेका छन्, “सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन। अझ सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुन सक्दैन।”

उनले सञ्चारकर्मीमाथिको दमन र अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने राज्य प्रवृत्तिको कडा विरोध गर्दै लोकतन्त्रमा प्रेस स्वतन्त्रता अपरिहार्य मूल्य भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय