धनगढी — जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा र जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुरा तथा अमरगढी नगरपालिका वडा नं. १ को सहकार्यमा अमरगढी नगरपालिका वडा नं. १, स्याउलेमा रिफ्रेश सेन्टर उद्घाटन गरिएको छ।

कार्यक्रम वडा अध्यक्ष श्री लोक बहादुर ऐरको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथिको रूपमा प्रदेश सामाजिक विकास राज्य मन्त्री श्रीमती सरस्वती खड्का उपस्थित हुनु भएको थियो। कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी श्री द्वारिका ओझा, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्री सुगन्ध श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो रिफ्रेश सेन्टर लामो दुरीका सवारी चालक, सहचालक तथा यात्रुहरूका लागि विश्राम, स्वच्छता तथा ताजगीको व्यवस्था गर्ने उद्देश्यले स्थापना गरिएको हो। कार्यक्रमका अवसरमा प्रहरी प्रमुख डिएसपी सुगन्ध श्रेष्ठले यस्तो सुविधा अन्य स्थानहरूमा पनि विस्तार गरिने जानकारी दिनुभयो। उहाँले सवारी सुरक्षामा रिफ्रेश सेन्टरले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय