काठमाडौं, वैशाख १३ – काठमाडौंबाट कंलकी हुँदै देशका विभिन्न जिल्लातर्फ जाने लामो दूरीका यात्रुबहाक बसका चालक र यात्रुलाई ट्राफिक नियम पालन गर्दै सुरक्षित यात्रा गर्न ट्राफिक प्रहरी प्रभाग कंलकीको टोलीले सम्झाइबुझाइ गरेको छ।

ट्राफिक प्रहरी टोलीले यात्राको सुरुवातमै चालकहरूलाई ट्राफिक नियमको पालना अनिवार्य गर्न र यात्रुहरूलाई पनि यात्राका क्रममा सावधानी अपनाउन आग्रह गरेको हो। चालकहरूलाई विशेषगरी सवारीसाधनको गति मर्यादित राख्न, मदिरा सेवन नगरी सवारी चलाउन, सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्न तथा यात्रुहरूको सुरक्षामा विशेष ध्यान दिन सुझाव दिइएको छ।

त्यसैगरी यात्रुहरूलाई पनि बसभित्र ट्राफिक नियमको पालना गर्न, सिट बेल्ट प्रयोग गर्न तथा यात्राका क्रममा आफू र अरूको सुरक्षामा सतर्क रहन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

ट्राफिक प्रहरी प्रभाग कंलकीमा कार्यरत सई दिनेश तामाङ अनुसार यात्रुहरूको सुरक्षित गन्तव्य सुनिश्चित गर्न निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर