काठमाडौँ — नेपाल स्वतन्त्र श्रमिक संगठन, बुढानीलकण्ठ माइक्रोबस समिति, बुढानीलकण्ठ यातायात प्रा.लि. र तारेभिर यातायात प्रा.लिको संयुक्त आयोजनामा बुढानीलकण्ठ क्षेत्रमा ट्राफिक सचेतना तथा सडक सुरक्षा जनचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग बुढानीलकण्ठका प्रहरी नायब निरीक्षक बिक्रम विकले १४० जना चालक तथा सहचालकहरूलाई प्रशिक्षण दिएका थिए। कार्यक्रमको उद्देश्य सवारी चालक, सहचालक तथा यातायात मजदुरहरूलाई ट्राफिक नियम, व्यवहारिक अनुशासन, यात्रुहरूसँगको सह्रदयी व्यवहार तथा दुर्घटना न्यूनीकरणमा केन्द्रीत गराउनु रहेको थियो।

प्रशिक्षणमा समेटिएका प्रमुख विषयहरू:—

• ट्राफिक नियमहरूको प्रभावकारी पालन विधि

• चालकको भूमिका र जिम्मेवारी

• सडकमा देखिने संकेत चिन्हहरूको व्याख्या

• मापसे नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था

• दुर्घटना भएमा लिनुपर्ने प्राथमिक कदमहरू

• यात्रुहरूसँगको सौम्य व्यवहार

प्रमुख प्रशिक्षक बिक्रम विकले आफ्नो अनुभव साझेदार गर्दै भने, “यस्ता कार्यक्रमहरूले चालकहरूलाई नियम पालनमा सजग बनाउँछ र समग्र सडक सुरक्षामा महत्वपूर्ण योगदान दिन्छ।”

कार्यक्रमका क्रममा ट्राफिक जनचेतनामूलक १०० थान पर्चा/पम्प्लेट पनि वितरण गरिएको थियो।

कार्यक्रमको समापनमा सहभागीहरूले प्रशिक्षण अत्यन्त उपयोगी रहेको जनाएका थिए। उनीहरूले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर आयोजना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

नेपाल स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष तथा बाग्मती प्रदेश इन्चार्ज नवराज घिमिरेले सम्बोधन गर्दै भने, “यातायात क्षेत्र, मजदुर तथा ट्राफिक प्रहरीबीचको सहकार्यले मात्र सवारी दुर्घटना न्यूनीकरण सम्भव हुन्छ।”

बुढानीलकण्ठ यातायात प्रा.लि.का अध्यक्ष मनोज रावतले ट्राफिक प्रहरीको योगदानप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।

ट्राफिक प्रहरीको प्रशिक्षणपछि सहभागी ७० जना चालकहरूबाट संकलित प्रतिक्रियामा अधिकांशले ट्राफिक प्रहरीको व्यवहार र कार्यप्रणालीप्रति सकारात्मक धारणा देखाएका छन्।

प्रमुख सर्वेक्षण निष्कर्ष:—

१. प्रहरी व्यवहार

मैत्रीपूर्ण – ५२.८५%

असभ्य – २१.४२%

डरलाग्दो – ५.७१%

तटस्थ – २०%

२. नियम कार्यान्वयन प्रभावकारिता—

अत्यन्त प्रभावकारी – ३०%

केही हदसम्म – ४०%

कम प्रभावकारी – २२.८५%

बिल्कुलै होइन – ७.१४%

३. अनावश्यक जरिवाना/दुर्व्यवहार अनुभव—

हो – २४.२८%

होइन – ७५.७१%

४. निर्देशन बुझ्न सजिलो?

सजिलो – ६०%

अलि गाह्रो – २५.७१%

बुझ्न गाह्रो – १४.२८%

५. प्रहरी–जनता पारदर्शिता

पूर्णरूपमा – २८.५७%

केही हदसम्म – ४१.४२%

छैन – १८.५७%

निश्चित छैन – ११.४२%

६. ट्राफिक कारवाही न्यायसंगत?

न्यायसंगत – ३४.२८%

कहिलेकाहीँ अन्याय – ४०%

प्राय: अन्यायपूर्ण – १५.७१%

पूर्णतः अनुचित – १०%

८. अन्तिम निरीक्षण अनुभव

अधिकांश सन्तुष्ट, तर केहीले असभ्य व्यवहार र लामो लाइनको गुनासो गरेका।

९. सुधारका सुझाव

– प्रविधिको प्रयोग बढाउने

– व्यवहार सुधार्ने

– चेकपोस्टहरू पारदर्शी बनाउने

१०. प्रभावकारी बनाउने उपायहरू

– नियमित तालिम

– संवादमुखी व्यवहार

– हेलमेट/सिट बेल्टमा कडाइ

– डिजिटल कारवाही प्रणाली

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ। सहभागी चालकहरूबाट प्राप्त तथ्यांकले ट्राफिक प्रहरीप्रति समग्रमा सकारात्मक धारणा देखाएको छ। यद्यपि, अझ बढी पारदर्शिता, प्रविधिको उपयोग, र व्यवहार सुधार आवश्यक रहेको जनाइएको छ। ट्राफिक सुरक्षामा सुधार ल्याउन प्रहरी र जनताको साझा प्रयास अनिवार्य देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय