
काठमाडौं— २०८१ साल फाल्गुन महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ उपाधि प्रहरी जवान मालिका कुमारी शाहीलाई प्रदान गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा कार्यरत शाहीले आफ्नो जिम्मेवारी इमान्दार, कर्तव्यनिष्ठ तथा प्रशंसनीयरूपमा निर्वाह गर्दै यात्रु तथा सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गरी प्रहरी संगठनको छवि उच्च राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आज एक कार्यक्रमका विच एसएसपी सोमेन्द्र सिंह राठौरले सम्मान गरेका हुन् ।

प्रंशसा पत्रमा भनिएको छ — २०७८/१०/११ गते ड्युटी सकिएपछि ब्यारेकतर्फ जाने क्रममा अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियामा उनले एक महिलालाई भन्सार छली गर्न यात्रुहरूलाई उक्साउँदै अवैध रूपमा सुनको सिक्री, मोबाइल तथा ल्यापटप संकलन गरिरहेको अवस्थामा फेला पारिन्। उनले ती व्यक्तिलाई अवैध सामानसहित नियन्त्रणमा लिएर भन्सार चोरी पैठारी नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याइन्।
विभागीय मूल्य, मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै उच्च व्यावसायिकता, लगनशीलता र मनोबलका साथ कर्तव्य निर्वाह गरेको कदरस्वरूप उनलाई फाल्गुन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरबाट प्रशंसा पत्रद्वारा सम्मानित गरिएको जानकारि दिनु भयो ।




