काठमाडौं —  नेपाल प्रहरीमा रिक्त ६ एआईजीको बढुवासँगै डीआईजी बढुवाका लागि एसएसपीहरुको दौडधुप सुरु भएको छ। चैत ४ मा तत्कालीन आईजी वसन्तबहादुर कुँवरसहित अवकाश भएपछि रिक्त ६ एआईजी पदमा बढुवा हुँदा १० डीआईजी पद खाली रहनेछ। हालै ४ पद रिक्त छन्, जसलाई थप ६ पदले प्रतिस्थापन गर्नुपर्नेछ।

डीआईजी बढुवाका लागि योग्यता पुगेका एसएसपीको संख्या २१ छ। तीमध्ये २०७९ असार २५ मा बढुवा भएका ६ जना र २०८० वैशाख २४ मा बढुवा भएका १५ जनामध्ये १० जनाको छनोट हुनेछ। २०७९ मा एसएसपी बनेकामध्ये अधिकांश डीआईजी भइसकेका छन् भने केही अवकाश भइसकेका छन्।

डीआईजीका मुख्य दाबेदारहरू—

राष्ट्रिय अनुसन्धान विभाग (राअ) बाट सेवा परिवर्तन गरी नेपाल प्रहरीमा प्रवेश गरेकामध्ये माधवप्रसाद श्रेष्ठ (बुटवल तालिम केन्द्र), अख्तियारका ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, र विमल बस्नेत डीआईजी बढुवाका लागि प्रमुख प्रतिस्पर्धी मानिन्छन्। यस्तै, भर्ना मिति २०५४ चैत १८ भएका नेपाल प्रहरीको १११ टोलीका विनोद घिमिरे,सुदर्शनप्रसाद कोइराला र दीपक रेग्मी पनि बढुवायोग्य अधिकृत हुन्।

बढुवाका लागि प्रमुख प्रतिस्पर्धी एसएसपीहरू—

२०८० वैशाख २४ को बढुवामा विश्व अधिकारी पहिलो वरीयतामा छन्। सोही सूचीमा रहेका भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, र दीपसमशेर जबरा पनि डीआईजी बढुवाका लागि प्रतिस्पर्धी हुन्। त्यस्तै, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा, र प्रज्वल महर्जन डीआईजी बन्ने योग्यताका अधिकारी हुन्। 

हाल जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्व अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रमुख सोमेन्द्रसिंह राठौर डीआईजी बढुवाका लागि अग्रस्थानमा छन्। अधिकारी २०५५ कात्तिक १ मा भर्ना भएका हुन् भने अन्य अधिकांश २०५६ असार ३ को भर्ना मितिका छन्।

यस्तै, एसएसपी बढुवाको दोस्रो सूचीका वसन्त रजौरे पनि डीआईजी बढुवाका लागि प्रयासरत छन्। उनी २०८० कात्तिक २४ मा एसएसपी बढुवा भएका थिए, उनि पनि एक काविल अफिसर भएकाले उनकोले उनको सम्भावना पनि प्रवल छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय