काठमाडौं— प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेका १६ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै २ जना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी जवान, र २ जना प्रहरी कार्यालय सहयोगी एक महिनाभन्दा बढी समयदेखि अनुपस्थित रहेको जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार खोजतलास गर्दा पनि उनीहरू सम्पर्कमा नआएकाले सात दिनभित्र स्पष्टिकरणसहित सम्पर्क गर्न निर्देशन दिइएको हो। तोकेको समयभित्र सम्पर्कमा नआए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय