
काठमाण्डौं— इलाका प्रहरी कार्यालय, मंगलटार मातहत रहेका प्रहरी चौकी भकुण्डेवेशी (नमोबुद्ध नगरपालिका) र प्रहरी चौकी पोखरी नारायणस्थान (तेमाल गाउँपालिका) का लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१ चैत ४ गतेको निर्णयअनुसार ६/६ रोपनी जग्गा प्राप्त भएको छ।
सन् २०५५ देखि विभिन्न स्थानमा अस्थायी रूपमा रहँदै असहज र कठिन परिस्थितिमा सेवा प्रवाह गर्दै आएका यी चौकीहरूको लागि इलाका प्रहरी कार्यालय, मंगलटारका कार्यालय प्रमुख प्रहरी निरिक्षक कृष्ण गिरिको पहलमा स्थायी भवन निर्माण गर्न आवश्यक कानूनी प्रक्रिया पूरा गरी जग्गा प्राप्त गरिएको हो।

यस ऐतिहासिक उपलब्धिको लागि निरन्तर प्रयास गर्ने सम्पूर्ण सरोकारवालाहरूप्रति इलाका प्रहरी कार्यालय, मंगलटारका प्रहरी प्रमुख कृष्ण गिरीले आभार व्यक्त गर्दै सहयोग, समन्वय, सहजिकरण, मार्गदर्शन र निर्देशन प्रदान गर्ने सबै निकाय, पदाधिकारी, स्थानीय बासिन्दा, जनप्रतिनिधि, जग्गा सिफारिस समितिका पदाधिकारी, तालुक कार्यालय तथा सम्बन्धित मन्त्रालयहरूलाई हार्दिक धन्यवाद दिएका छन्।





