काठमाण्डौं— नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी संगठनमा सुधारको आवश्यकता रहेको भन्दै त्यसका लागि साइत कुरेर नबस्ने स्पष्ट पारेका छन्।

मंगलबार बिहान दर्ज्यानी चिन्ह ग्रहण गरेपछि आईजीपी थापाले प्रहरी सुधारको प्रक्रिया आफैंबाट सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।

“प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर सुधार हुन्छ भन्नेमा म विश्वास गर्दिनँ,” उनले भने, “प्रहरीमा सुधार आवश्यक छ, र त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन। सुधारको प्रारम्भ कोही र कसैबाट होइन, म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गर्दै अगाडि बढ्नुको विकल्प छैन।”

त्यस्तै, आपराधिक गतिविधि तथा अनुचित प्रभावलाई निस्तेज पार्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

“अपराध, आपराधिक प्रवृत्ति, अनुचित प्रभाव र दबाबलाई मेरा सहकर्मीहरूका साथ सामूहिक प्रयासद्वारा निस्तेज गर्दै अघि बढ्ने दृढता व्यक्त गर्दछु,” उनले थपे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय