
नेपाल प्रहरी संगठनले एक्लै पनि देशमा ६०% सुशासन दिन सक्ने सम्भावना राख्ने भएकाले यसको नेतृत्व चयन गर्दा निम्न गुणहरू भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्छः—
१.कार्यसम्पादनमा अब्बल – प्रहरी संगठनको प्रभावकारिता उच्च बनाउन सक्षम।

२ समन्वयशील – सरकारका विभिन्न निकाय तथा नागरिक समाजसँग प्रभावकारी समन्वय गर्न सक्ने।
३. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि बलियो – देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा समेत प्रहरी संगठनको गरिमा बढाउन सक्ने।
४. सरकारी निकायहरूसँग सहकार्य गर्ने क्षमता – नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अन्य निकायहरूसँग सुदृढ समन्वय गर्न सक्ने।
५.कमान्ड तथा कन्ट्रोल क्षमता – संगठनलाई दृढ नेतृत्व दिँदै, आदेश तथा नियन्त्रण प्रभावकारी रूपमा लागू गर्ने।
६. सरकारी नीति-नियम कार्यान्वयनमा दक्ष – कानुनी शासन र सरकारको निर्देशनलाई प्रभावकारी रूपमा लागु गर्न सक्ने।
७. विषम परिस्थितिमा संयमित निर्णय – संकटको घडीमा हडबड नगरी सही निर्णय लिँदै फौज परिचालन गर्न सक्ने।
८. संगठनको अभिभावकत्व ग्रहण गर्ने – सम्पूर्ण प्रहरी कर्मचारीहरूको हकहित संरक्षण गर्न सक्षम।
९. निर्भीकता पूर्वक संगठनका समस्या सरकारसमक्ष राख्ने – वास्तविक समस्या उठाउने, “हुन्छ बहादुर!” भन्ने संस्कृतिभन्दा पर रहेर संगठनको हितका लागि अडान लिने।
१०. सही समयमा सही निर्णय गर्ने – आम जनताले अपेक्षा गरिरहेको सक्षम नेतृत्व प्रदान गर्न सक्ने अधिकारी।
नेपाल सरकारलाई सुझाब छ कि प्रहरी संगठनको नेतृत्वमा योग्य, इमानदार र दूरदर्शी अधिकारीलाई चयन गरियोस्, जसले देशमा सुशासन, कानुनी व्यवस्था र जनविश्वासलाई बलियो बनाउने छ।



