
काठमाण्डौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिइरहेको अवस्थामा मालपोत कार्यालय महोत्तरीका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतो सेवाग्राहीसँग ३५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका हुन्।

उनीहरूले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।



