
धनुषा — मधेश प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको निधन भएको छ।
आइतबार राति ११ बजे अचानक पेट र छाती दुखेपछि यादवलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको थियो। थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर लगिएकोमा राति १२ बजे उनको निधन भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सिरहा नगरपालिका–२५, सुखचैनाका स्थायी बासिन्दा यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण, जनकपुरधाममा रहेको थियो।



