काठमाण्डौं— प्रहरीले सञ्चालन गर्न लागेको स्टाफ कलेजमा रोक लगाउन माग गर्दै दायर गरिएको रिटमाथि आज (मंगलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ। उक्त रिटमाथि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुने भएको छ।

डीएसपी रिपेन्द्र कुमारसहित २० जना डीएसपीहरूले प्रहरी स्टाफ कलेजको विरोधमा रिट दायर गरेका थिए। प्रहरी प्रशिक्षण प्रतिष्ठानले पुलिस लिडरसिप एन्ड स्टाफ कोर्समा सहभागी हुन चैत ७ गतेका लागि प्रवेश परीक्षा सञ्चालन गर्ने सूचना सार्वजनिक गरिसकेको छ।

रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय र स्टाफ कलेजलाई विपक्षी बनाइएको छ।

यस कोर्सका लागि अन्तिम सूचीमा १३१ जना छनोट भइसकेका छन्। स्टाफ कलेज अन्तर्गत मास्टर इन पुलिस साइन्स (MPS) र प्रोफेसनल लिडरसिप कोर्स गरी दुई वटा पाठ्यक्रम स्वीकृत भइसकेका छन्। स्टाफ कलेज २०७० मा भर्ना भएका इन्स्पेक्टरहरू र सोही समूहबाट डीएसपीमा बढुवा भएका अधिकृतहरूका लागि लागू गर्ने निर्णय भएको छ। उनीहरू १५८औँ समूहका अधिकृत हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय