काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने क्रममा राजावादी समूहहरूले प्रदर्शन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार शाहको आवागमन हुने मार्गमा सुरक्षा सतर्कता बढाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा समेत सुरक्षा कडाइ गरिएको छ।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार पूर्वराजा शाह समिट एअरको चार्टर्ड उडानमार्फत दिउँसो ३:३० बजे काठमाडौं आइपुग्नेछन्।

उनको स्वागत तथा प्रदर्शनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, दुर्गा प्रसाईं समूह लगायत विभिन्न समूहले तयारी गरिरहेका छन्। सम्भावित अप्रिय घटना रोक्नका लागि १,४४६ सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय