इलाम जिल्ला प्रशासन कार्यालय इलाम तथा जिल्ला प्रहरी कार्यालय इलामको संयुक्त आयोजनामा लागुऔषध तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामले इलाम जिल्लाका कलेज, विद्यालय तथा ग्रामीण क्षेत्रका स्थानीयहरू माझ विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज इलाम नगरपालिका वडा नं. ७ मा रहेको जुबिलेण्ड माध्यमिक विद्यालयमा लागुऔषध तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। त्यस्तै, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाले विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूलाई लागुऔषध र साइबर अपराध सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यक्रम समापन गर्दै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सचेतनामूलक यस्ता कार्यक्रमहरूले अपराध न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय