
अर्घाखाँची— अर्घाखाँचीको प्रहरी चौकी बल्कोटको नव निर्मित भवन उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनी पन्थी, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र बहादुर मल्ल, जिल्ला सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिहरू, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पदाधिकारीहरू, स्थानीय बासिन्दा र प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

डीआईजी कार्कीले शिलालेख अनावरण गर्दै भवन उद्घाटन गरेका थिए। साथै, भवन निर्माणमा योगदान दिने व्यक्तित्वहरू, निर्माण व्यवसायी, जग्गादाता तथा अन्य सहयोगी महानुभावहरूलाई कदरपत्रसहित सम्मान गरियो। उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ लगायतले नव निर्मित भवनको आवश्यकता र महत्त्वबारे मन्तव्य दिएका थिए।
प्रहरी प्राविधिक निरीक्षक रोसन सारुले भवन निर्माण सम्बन्धी संक्षिप्त प्राविधिक प्रतिवेदन प्रस्तुत गरे। स्वागत मन्तव्य प्रहरी निरीक्षक रविन्द्र चन्दले दिएका थिए भने कार्यक्रम सञ्चालन प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले गरेका थिए।
कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी प्रमुख डीएसपी चक्र बहादुर मल्लले उपस्थित सम्पूर्ण अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रमुख अतिथि डीआईजी कार्कीलाई मायाको चिनो प्रदान गरेका थिए।




