काठमाण्डौं— २०७९ चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका बसन्त बहादुर कुँवर ३० वर्षे सेवाहदका कारण आगामी ५ चैतमा अवकाश पाउँदैछन्। कुँवर नेपाल प्रहरीका ३०औं आईजीपी हुन्। प्रहरी नियमावलीअनुसार अबको एक महिनाभित्र नयाँ प्रहरी महानिरीक्षक चयन हुनेछ।

आईजीपी बसन्त बहादुर कुँवर अवकाशमा जाने भएपछि सरकारले नयाँ आईजीपी नियुक्त गर्नुपर्ने हुन्छ। गृहमन्त्रालयले मन्त्रिपरिषद्मा ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानेर योग्य उम्मेदवारको नाम सिफारिस गर्छ। कानुनी प्रावधानअनुसार मन्त्रिपरिषद्को निर्णयले प्रहरी महानिरीक्षक तोक्छ।

आईजीपीका मुख्य प्रतिस्पर्धी—

नयाँ आईजीपीको चर्चा सुरु भइसकेको छ। सम्भावित प्रतिस्पर्धीहरु आन्तरिक दौडधुपमा छन्। ३१औं आईजीपीको प्रतिस्पर्धामा तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन्— दीपक थापा, सुदीप गिरी, र टेक बहादुर तामाङ।

हालसम्मको परिस्थिति हेर्दा एआईजी दीपक थापा यो दौडमा अगाडि छन्। वरियतामा पहिलो स्थानमा रहेका थापा नेतृत्व र कमाण्ड क्षमतामा अब्बल मानिन्छन्। उनी व्यावसायिक छवि भएका प्रहरी अधिकृतका रूपमा परिचित छन्। राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध भएका कारण पनि उनी बलियो दाबेदार मानिन्छन्।

थापाको व्यावसायिक अनुभव—

थापा नेपाल प्रहरीका अनुभवी अधिकृत हुन्। उनले उपत्यका अपराध अनुसन्धान कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगायत महत्त्वपूर्ण निकायको नेतृत्व गरिसकेका छन्।

उनले चितवन जिल्ला प्रहरी कार्यालयमा एसपी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी, प्रबन्ध महाशाखामा डीआईजी रहँदा प्रभावकारी भूमिका निर्वाह गरेका थिए। प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुँदा विभिन्न इकाइको कमाण्ड सम्हालेका थिए।

थापाले भुटानी शरणार्थी प्रकरण, टिकापुर जग्गा प्रकरण, सहकारी ठगी, बालमन्दिर जग्गा हिनामिना लगायतका हाइप्रोफाइल अनुसन्धानको नेतृत्व गरेका छन्। उनको आर्थिक मामलामा पारदर्शिता, संगठनभित्रको व्यवस्थापन दक्षता, कमाण्ड क्षमताका कारण प्रहरी संगठनभित्र उनी लोकप्रिय छन्।

आईजीपी नियुक्ति विवादरहित हुने सम्भावना—

यसपटक आईजीपी नियुक्ति विवादास्पद नहुने देखिन्छ। सम्भावित उम्मेदवारबीच अस्वस्थ प्रतिस्पर्धा हुने अवस्था छैन। मुलुकको शान्ति सुरक्षाको गहन दायित्व लिने नेपाल प्रहरीको सर्वोच्च नेतृत्व चयनप्रति सधैं जनचासो रहने गर्छ।

थापाले संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा आयोजित चौथो United Nations Chief of Police Summit मा सहभागी हुन सुरक्षा प्रमुखको टोली त्यसतर्फ प्रस्थान गरेपछि नेपाल प्रहरीको निमित्त आईजीपीको भूमिका निर्वाह गरिसकेका छन्।

संभवत: अबको एक महिनाभित्र ३१औं आईजीपी बन्ने दीपक थापासँग प्रहरी संगठन सञ्चालन, स्रोतसाधन परिचालन, संगठनभित्र अनुशासन कायम गर्ने, अपराध अनुसन्धान तथा नीति निर्माण गर्ने उच्च नेतृत्व क्षमता छ।

अपराध नियन्त्रणका लागि नवीन रणनीति बनाउन सक्ने, आन्तरिक सुरक्षाका लागि दीर्घकालीन योजना बनाउन सक्ने रणनीतिक सोच राख्ने, आतंकवाद, संगठित अपराध, साइबर अपराध रोकथाममा प्रभावकारी भूमिका खेल्न सक्ने व्यवसायिक नेतृत्वको रूपमा थापालाई हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय