काठमाडौंआत्मसुरक्षा प्रतिरक्षाका लागि सशस्त्र नेपाल प्रहरीका कर्मचारीलाई हतियार बोक्ने अनुमति दिइएकोहुन्छ। तर, पछिल्लो समय कतिपय प्रहरीले आफ्नै जीवन अन्त्य गर्न हतियारको प्रयोग गरेको घटनाहरू सार्वजनिकभइरहेका छन्।

तुलसीपुरमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार वसन्त केसीले केहि दिन अघि आफैंलाई गोली हानेर आत्महत्यागरेका थिए। ३५ वर्षीय केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा कपिलवस्तुबाट आएका थिए।

यस्तै, जाजरकोटको नलगाड नगरपालिका स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत नेपाल प्रहरीकाहवल्दार भोजबहादुर कठायतले पनि आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेका थिए। बाजुरा जिल्लाका कठायतचार महिनाअघि मात्र जाजरकोटमा सरुवा भएका थिए।

कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले कार्यालयभित्रै पेस्तोलले आफ्नै टाउकोमा गोली प्रहार गरेकाथिए। घाइते न्यौपानेलाई उपचारका लागि महाकाली अस्पताल, धनगढी हुँदै बाँकेको कोहलपुर मेडिकल कलेजमालगिएको थियो तर उनि पनि रहेनन् ।

त्यस्तै, संघीय संसद भवनमा कार्यरत नेपाल प्रहरीका जवान अजित गोलेको पनि आत्महत्याका लागि हतियारको प्रयोगगरेको घटना सार्वजनिक भएको थियो। बिहान बजेदेखि ड्युटीमा रहेका २२ वर्षीय गोलेले दुई नम्बर गेटस्थितशौचालयमा छिरेर आफ्नै निधारमा गोली हानेका थिए।

प्रहरीमा आत्महत्याका घटनाहरूको तथ्यांक —

नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्ला सात वर्षमा ३५ जना प्रहरी कर्मचारीले आत्महत्या गरेकाछन्। जसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका कर्मचारी छन्। प्रधान कार्यालयले दिएको तथ्यांकअनुसारएक एसएसपी, दुई एसपी, दुई डीएसपी, तीन इन्स्पेक्टर, पाँच सई, पाँच असई, १० हवल्दार सात जना जवानलेआत्महत्या गरेका छन्।

आत्महत्याका कारणहरू के के हुन सक्छन त ?

आत्महत्या एउटै कारणले हुन्छ भन्ने हुँदैन, यसमा विभिन्न कारणहरू जोडिएका हुन्छन् यसमा विभिन्न तत्त्वहरूमिसिएका हुन्छन्, जसमा वंशाणुगत, सामाजिक, मानसिक, सांस्कृतिक तथा वातावरणीय हुन्छन्

प्रहरी कर्मचारीहरूमा आत्महत्याका प्रमुख कारणहरूमा मानसिक तनाव, डिप्रेसन, पारिवारिक समस्या, आर्थिकसमस्या, कार्यस्थलमा हुने दुव्र्यवहार, सरुवा, बढुवा, तलब, भत्ता, पुरस्कार, हाकिमको व्यवहार, कामको चाप, लामोसमयसम्म परिवारबाट टाढा रहनु, सहकर्मीको व्यवहार, मादक पदार्थ सेवन, जुवा, सट्टाबाजी, अनैतिक सम्बन्ध, ऋण, रोग, मानसिक समस्या, नशालु पदार्थको ईत्यादी लाई मान्न सकिन्छ

मनोविद् डा. गोपाल पराजुली भन्नु हुन्छ —

आत्महत्या रोकथामका लागि राज्यबाटै राष्ट्रिय नीति, योजना, सञ्चालनगर्नुपर्ने आवश्यकता देखिन्छ विद्यालय तहदेखि विश्वविद्यालयसम्म आत्महत्या न्यूनीकरणका लागि पाठ्यक्रमसमावेश गरिनु अर्को पक्ष हो यस्तै, आत्महत्या न्यूनीकरणका लागि पालिकाहरूले स्वास्थ्य सेवा प्रदायकमनोचिकित्सक परामर्शदाता, शैक्षिक संस्था, सुरक्षा निकाय नागरिक समाजसँग सहकार्य गर्नुपर्ने आजको टड्कारोआवश्यकता हो

आत्महत्या रोकथामका लागि निम्न उपायहरू अपनाउन सकिन्छ

मनोसामाजिक समर्थन: समुदायमा आधारित मनोशिक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी व्यक्तिहरूलाईमानसिक स्वास्थ्यबारे सचेतना सहयोग प्रदान गर्नुपर्छ। परिवार साथीहरूको प्रोत्साहन तथा मनोविमर्शकर्ताकोसहयोगले आत्महत्याको जोखिम कम गर्न मद्दत पुर्‍याउँछ।

सञ्चार माध्यमको भूमिका: सञ्चार माध्यमहरूले आत्महत्यासम्बन्धी समाचारहरू संवेदनशीलताका साथ प्रस्तुतगर्नुपर्छ। आत्महत्याको विवरणलाई सनसनीपूर्ण रूपमा प्रस्तुत गर्दा नकारात्मक प्रभाव पर्न सक्छ, त्यसैले जिम्मेवाररिपोर्टिङ आवश्यक छ।

जीवन उपयोगी सीपहरूको विकास: व्यक्तिलाई तनाव व्यवस्थापन, समस्या समाधान, आत्मनिर्भरता सम्बन्धीतालिमहरू प्रदान गरी आत्महत्याको जोखिम कम गर्न सकिन्छ।

मानसिक स्वास्थ्य सेवाको पहुँच: विशेष मानसिक स्वास्थ्य नीतिहरू बनाई कार्यान्वयन गर्नुपर्छ। मानसिकस्वास्थ्य केन्द्रहरूको स्थापना मनोविमर्शकर्ताको उपलब्धताले आत्महत्याको रोकथाममा सहयोग पुर्‍याउँछ।

सहयोगी हटलाइन: तनाव वा अन्य मानसिक समस्याहरू भएमा नि:शुल्क राष्ट्रिय हटलाइन ११६६ मा २४सै घण्टासम्पर्क गर्न सकिन्छ।

यी उपायहरूको कार्यान्वयनले आत्महत्याको बढ्दो घटनालाई न्यूनीकरण गर्न मद्दत पुर्‍याउँछ सक्छ ।

आत्महत्याको जोखिममा रहेका वर्गको पहिचान गरी आवश्यकताका आधारमा सरल निःशुल्क स्वास्थ्य परामर्श सकारात्मक मनोभावनाको विकास गर्न जरुरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय