काठमाण्डौं – मधेस प्रदेशमा सर्वसाधारणलाई ‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ। सप्तरी प्रहरीले गिरोहका मुख्य नाइके रामबहादुर (हनुमानी) रजक र पत्रकार महासङ्घ सप्तरीका पूर्व उपाध्यक्ष वैद्यनाथ यादवलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गिरोहले दश वर्षदेखि पैसा डबल गरिदिने बहानामा ठगी गर्दै आएको थियो। पक्राउ परेकाहरूमाथि १३ वटा जाहेरी दर्ता भएका छन्, जसअनुसार करिब अढाई करोड रुपैयाँ ठगी भएको अनुमान गरिएको छ।

गिरोहले पैसा छाप्ने मेसिन रहेको भन्दै सर्वसाधारणलाई लोभमा पारी ठगी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। सुरुमा सानो रकम डबल गरेर फिर्ता दिने र पछि ठूला रकम लिएर बेपत्ता हुने गिरोहको रणनीति थियो।

पक्राउ परेकालाई सप्तरी प्रहरीको हिरासतमा राखी सूक्ष्म अनुसन्धान भइरहेको डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय