काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा आत्मदाह प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार आत्मदाह गर्नबाट रोकेर उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ निवासी कान्छाराम लामाले आफ्नो शरीरमा पेट्रोल छर्की आत्मदाह प्रयास गरेका थिए। काठमाडौँमा बस्दै आएका लामाले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फसेपछि आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए।

लामा ‘जेन–जी’ समूहका प्रदर्शनकारीसँगै गएर आत्मदाह प्रयास गर्न खोजेको प्रहरीले जनाएको छ। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

यसअघि माइतीघर क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले जेन–जी समूहका २५ जनालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय