काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले गृह मन्त्रालय गृहमन्त्री सुदन गुरुङको निजी कम्पनीजस्तो बनेको आरोप लगाएका छन्।

बस्नेतले सामाजिक सञ्जालमा टिप्पणी गर्दै गुरुङले सोसल मिडियामा ‘ट्रेन चलाउने’, मिडिया ट्रायल गर्ने र प्रहरी प्रशासनमा ‘डेलिगेसन गएको’ नाटक गर्ने कार्य गरिरहेको आरोप लगाएका छन्।

उनका अनुसार, “सुदन गुरुङ, उनका मतियारहरू र यिनीहरूको निजी कम्पनीजस्तो बनेको गृह मन्त्रालयले प्रतिशोध साँधेर अनावश्यक हर्कत गरे ठूलो मूल्य चुकाउनुपर्नेछ।”

बस्नेतले सरकारलाई चेतावनी दिँदै यस्ता गतिविधिबाट टाढा रहन र जिम्मेवार कदम चाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय