
काठमाडौँ : नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नीमाथि बर्बरतापूर्ण आक्रमण भएको भन्दै छानबिन गर्न सरकारसँग माग गरेको छ।
आइतबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि भएको अमानवीय र बर्बरतापूर्ण आक्रमणको निन्दा गरेका छन्।

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा प्रदर्शनकारीहरूले सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजुमाथि कुटपिट गरेका थिए। उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ।
साथै, जेएनजीले भदौ २३ र २४ गते गरेको प्रदर्शनका क्रममा केही युवाहरूको मृत्यु हुनु, साथै सम्पत्ति तोडफोड र आगजनीबाट भएको क्षतिको प्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।
कांग्रेस उपसभापति खड्काले घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।



