काठमाडौं —विपद्का समयमा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले दाताबाट प्रदान गरिएका सामग्री नेपाल पत्रकार महासंघ काठमाडौं शाखाबाट वेपत्ता भएका छन्।

बागमती प्रदेश सरकार अन्तर्गत सञ्चार रजिष्ट्रार कार्यालयले काठमाडौं शाखालाई पत्रकारिताको काम सहज बनाउन राहत सामग्री हस्तान्तरण गरेको थियो। तर हाल ती सामग्री शाखामा छैनन्।

नयाँ कार्यसमिति गठनपछि सामग्री खोजी सुरु गरिएको भए पनि हालसम्म कतै अत्तोपत्तो लागेको छैन। “बिपद्को बेला पत्रकारिता गर्न सहयोग पुर्‍याउने” उद्देश्यले हस्तान्तरण गरिएका सामग्रीहरू कहाँ गए भन्ने विषयमा महासंघको नयाँ नेतृत्वले छानबिन अघि बढाएको जनाएको छ।

सञ्चार रजिष्ट्रार कार्यालयले अघिल्लो कार्यसमितिलाई २ थान ल्यापटप (चार्जरसहित), २ थान झोला, २ थान माईक्रोफोन, २ थान टर्चलाइट, २ थान मोबाइल ट्राइपोड र २ थान पावर बैंक हस्तान्तरण गरेको थियो।

तर, विशेष स्रोतका अनुसार तीमध्ये ल्यापटप निवर्तमान अध्यक्ष सूर्य सुवेदीका छोरीले आफ्नै घरमा गेम खेल्न प्रयोग गरिरहेको दाबी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय