
काठमाडौँ, ।सामाजिक सञ्जाल फेसबुकमा एक महिलाको चरित्र हत्या हुने खालको अश्लील सामग्री पोस्ट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति डोटी निवासी ३१ वर्षीय रमेश बाग हुन्।
साइबर ब्युरो, नेपाल प्रहरीका अनुसार उनलाई आइतबार साँझ काठमाडौँको नयाँ बानेश्वरस्थित मिलन चोकबाट पक्राउ गरिएको हो।

बागले एक महिलाको अश्लील फोटो बनाएर फेसबुकमा पोस्ट गरेको अभियोगमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। घटनासम्बन्धी अनुसन्धान जारी रहेको बताइएको छ।
प्रहरीले बागविरुद्ध विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।
साइबर ब्युरोका अनुसार सामाजिक सञ्जालमा यस्ता प्रकारका अनलाइन दुर्व्यवहार र चरित्र हत्या गर्ने कार्यविरुद्ध निगरानी र कडा कारबाही जारी राखिनेछ।



