काठमाडौं। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीलाई नेत्र ज्योति संघ, त्रिपुरेश्वरद्वारा १८०० थान चश्मा (Sun Glass) हस्तान्तरण गरिएको छ।

उक्त सामग्रीहरू नेत्र ज्योति संघ त्रिपुरेश्वरका अध्यक्ष चेतराज पन्तसहित संघका अन्य पदाधिकारीहरूले ट्राफिक प्रहरीलाई ड्युटीका क्रममा धुलो, धुवाँ र घामबाट सुरक्षित राख्नका लागि प्रदान गरेका हुन्।

हस्तान्तरण कार्यक्रम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सम्पन्न भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय