काठमाडौं, ।काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा दुई भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काभ्रेको नमोबुद्ध स्थायी घर भई काठमाडौंको सोह्रखुट्टे बसोबास गर्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान, र २८ वर्षीय नीलकुमार तामाङ रहेका छन्। उनीहरूलाई असार २० गते पक्राउ गरिएको हो।

प्रहरीका अनुसार आरोपीहरूले ठमेलमा भेटिएका भारतीय नागरिकहरूलाई “होटल खोज्न सहयोग गर्छौं” भनेर विश्वास दिलाई नयाँ बसपार्कस्थित ध्रुबतारा कम्प्लेक्सको छैटौँ तलामा लगेर कुटपिट गरी लुटपाट गरेका थिए।

उनीहरूमाथि हाल जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय