
काठमाण्डौं। शनिबार भारतको गोवामा प्याराग्लाइडिङ दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृतकमध्ये एक नेपाली पाइलट र एक भारतीय पर्यटक छन्।
दुर्घटनामा २६ वर्षीय नेपाली पाइलट सुमन नेपाली र भारतको पुणे निवासी पर्यटक शिवानीको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सुमनको ठेगाना भने खुलाइएको छैन।

दुर्घटना भएको थप विवरण आउन बाँकी रहेको बताइएको छ।
एजेन्सी




