
काठमाण्डौं : अमेरिकाको न्यूयोर्कबाट नेपाली समुदायका लागि सञ्चालित सामुदायिक सञ्चारमाध्यम खसोखासलाई एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्रदान गरिएको छ। स्थानीय पत्रकारितामा रिक्तता भरेको ठहर गर्दै नेपाली पत्रकारितालाई अझ सुदृढ गर्नका लागि १ लाख डलर राशीसहित खसोखासलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो।
स्थानीय समाचारलाई पुन: कल्पना गर्ने राष्ट्रिय पहल प्रेस फर्वार्डबाट खसोखासले पहिलो चरणमा नै प्रतिष्ठित अनुदान पुरस्कार प्राप्त गरेको हो। प्रेस फर्वार्डले मूलधारका सञ्चारमाध्यमहरूमा परम्परागत रूपमा वञ्चित रहेका समुदायहरूमा समाचार कभरेजका खाडलहरू बन्द गर्ने लक्ष्य राखेको छ।




