काठमाडौं, असार १२ गते। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि टिकटकमार्फत टिप्पणी गरेकी रमा बस्नेतलाई काठमाडौं जिल्ला अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले विद्युतीय कारोबार ऐन अन्तर्गत अभियोग लगाउँदै बस्नेतविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

खोटाङ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी बस्नेतलाई प्रहरीले गत असार १ गते पक्राउ गरेको थियो। उनलाई गृह मन्त्रालयको पत्रको आधारमा अनुसन्धान गरी मुद्दा अघि बढाइएको हो।

सरकारी वकिलले चारित्रिक हत्या गरिएको आरोप लगाउँदै बस्नेतविरुद्ध एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद, वा दुवै सजायको माग गर्दै अभियोगपत्र दायर गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय