काठमाडौं । मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यका ट्राफिक कार्यालयको निर्देशनमा नागढुङ्गा ट्राफिक प्रहरी कार्यालयले “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान–२०८२” सञ्चालन गरेको छ।

“सुरक्षित यात्रा, जिम्मेवार सवारी” भन्ने मूल नारासहित सुरु गरिएको यो अभियान अन्तर्गत नागढुङ्गा ट्राफिक प्रहरी कार्यालयले नागरिक सहायता कक्ष (Help Desk) समेत सञ्चालनमा ल्याएको छ।

सडकमा खटिएका ट्राफिक प्रहरीहरू निम्न जिम्मेवारीमा सक्रिय रूपमा परिचालन गरिएको नागढुङ्गा ट्राफिक प्रहरी ईन्चार्ज प्रहरी निरीक्षक किरण थापा रावतले जानकारी दिनु भयो । 

उपत्यकामा बाहिरिने तथा भित्रिने सवारी रुटको अद्यावधिक जानकारी, लामो दूरीका सवारी साधनका चालकहरूको अनुगमन,यात्रुहरूको अभिलेख तथा ‘प्यासेन्जर लिस्ट’ संकलन, यात्रु वा सवारीधनीको गुनासोको तत्काल कार्यान्वयन, जनचेतनामूलक कार्यक्रम (जिंगल प्रसारण, पर्चा वितरण), आरक्षण प्रणालीमा हुने दुरुपयोगमा तत्काल कारबाही, सेवा रेकर्ड संकलन गरी उच्च कार्यालयमा प्रतिवेदन पठाउने, र मौसम र सडक अवस्थाको अद्यावधिक जानकारी सार्वजनिक गर्ने ।

यसका साथ-साथै , नागढुङ्गा ट्राफिक प्रहरी ईन्चार्ज प्रहरी निरीक्षक किरण थापा रावतले यात्रुहरूलाई मनसुनको समयमा अतिरिक्त सतर्कता अपनाउन आग्रह गरेका छन्। उहाँले सम्भावित सवारी अवरोध, पहिरो वा अन्य आपतकालीन अवस्थालाई ध्यानमा राख्दै यात्रामा निस्कँदा पानी, ड्राइ फुड तथा अन्य आवश्यक सामग्री अनिवार्य साथमा राख्न सुझाव दिनुभएको छ।

ट्राफिक कार्यालयले यात्रु र सवारी चालकहरूलाई मौसमको पूर्वसूचना र मार्गमा देखिने जोखिमप्रति सचेत रहन आग्रह गर्दै सतर्कता अपनाउन आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय