काभ्रे — काभ्रे र भक्तपुरको सागा सीमा क्षेत्रबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेका तीन जना चालकलाई ट्राफिक प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेको प्राविधिक टोलीले गरिएको स्वास्थ्य परीक्षणमा उनीहरूले लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रमुख प्रहरी निरीक्षक सुनिल धाजुले जानकारी दिए।

प्रमुख धाजुका अनुसार टिपर, मालवाहक र सार्वजनिक यातायातका गरी कुल २१ वटा सवारी साधनमा चेकजाँच गर्दा तीन जना चालकले लागुपदार्थ सेवन गरेको पाइयो। उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपामा पठाइएको छ।

“सार्वजनिक सडकमा सवारी सञ्चालन गर्दा चालक स्वयंले लागुपदार्थ सेवन गर्नु गम्भीर लापरवाही हो। यो ऐनविपरीत र दण्डनीय कार्य हो,” प्रमुख धाजुले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय